करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ।
Advertisement 1
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
यसैगरी, ३ हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
Advertisement 2
हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको सङ्ख्या १६८ पुगेको तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। यसैगरी, २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको पनि प्राधिकरणले जनाएको छ।








