बाढीपीडितलाई आर्थिक सहयोग

बागलुङ। भोटेकोशी बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाले रु ९ लाख ५४ हजार ४६८ रकम सहयोग गरेका छन्।
होटल व्यवसायी सङ्घ, बागलुङले रु १ लाख ४५ हजार १००, बैङ्कर्स बागलुङबाट रु ६० हजार, बागलुङ निर्माण व्यवसायी सङ्घले रु १ लाख १०७, देउराली महिला समूहले रु १ लाख ५१ हजार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत आज हस्ताणतरण गरेका छन्।
त्यसैगरी, रोटरी क्लब अफ बागलुङबाट रु १ लाख, ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपककुमार अदैबाट रु १ लाख, सिवाईसी सहकारीबाट रु १ लाख, गैरसरकारी संस्था महासङ्घबाट रु ७५ हजार, लायन्स क्लब बागलुङले रु ३२ हजार, हरियाली आमा समूहले रु २० हजार समृद्धिमार्ग टोल विकास महिला समुहले रु ७१ हजार २१६ सहयोग गरेका छन्।
प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १२:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







