युवा नेता थोक्रा नौकुण्ड गाउँपालिकाको उपाध्यक्षको लागि अब्बल उम्मेद्वार भएको दावी
राजनीतिक दलहरुले उम्मेदवार टुंग्याउने अन्तिम कसरत गरिरहेका बेला टिकटका आंकाक्षीहरुले दौडधुप बढाउन थालेका छन ।
Advertisement 1
रसुवाको नौकुण्ड गाउँपालिका उपाध्यक्षमा एमालेको तर्फबाट सुरेश थोक्राले दावी गरेका छन् । थोक्राले तीन गते रसुवाको पार्टी कार्यालयमा उपाध्यक्षका लागि आफ्नो दावी पत्र पेश गरेका हुन् ।
थोक्रा राष्ट्रिय युवा संघ नेपाल नौकुण्ड गापा कमिटीका पूर्व अध्यक्ष हुन् । आफ्नो सफल कार्यकाल सहित सन्तोष गुरुङलाई हस्तान्तरण गरेका छन् ।पार्टीको विधान र आधिकारीक समितिको निर्णयलाई स्वीकार गर्ने गरी आफुले नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दावी पत्र पेश गरेको उनले बताएका छन् । थोक्रा राष्ट्रिय युवा संघ नेपाल नौकुण्ड गापा कमिटीका सफल अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकाल सफलतापूर्वक हासिल गरे । युवाहरुका आशा र भरोसाका केन्द्र बनेका थाक्रा सम्पूर्ण रसुवाका लागि आशा र भरोसाका केन्द्र हुन् ।
Advertisement 2
युवाहरुका आशा र भरोसाका केन्द्र थाक्रा आफूले टिकट पाए सहजरुपमा चुनाव जित्ने दाबी गर्छन । पार्टीले टिकट दिए चुनाव जितेर संमृद्ध नौकुण्ड बनाउने उनी बताउँछन ।
नौकुण्डाबासी युवाहरुले पालिकालाई निकास र विकास दिनसक्ने बौद्धिक नेतृत्व खोजेकाले उनीहरुकै आग्रहमा आफू पूर्ण तयारीका साथ चुनावी मैदानमा होमिन तयार रहेको उनको दाबी छ ।
उनले भने “यो पालिका सबै हिसाबले पछाडी परेको छ । पालिकालाइ बिकाशको गतिमा अगाडि बढाउन कुरा होइन साच्चै काम गर्ने मान्छे चाहिन्छ । म एक युवाको हैसियतले आउदो स्थानीय चुनावमा नेकपा एमाल तर्फबाट पालीका उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दिएको छु । सबै पार्टीका साथीहरुको पनि साथ र सहयोग अवस्य पनि पाउने आश छ ।”
Advertisement 3
काठमाडौ राजनीति टोखा छाहरे चौगडा बाहुनबेसि नार्जा लाच्याङ्ग सारमथाली हुदै नौकुण्ड सम्म जम्मा किलोमीटर ७० मा नौकुन्ड गा पा केन्द्रिय पार्च्याङ्ग पुगिने स्थान धुरिले नजिक तर दृश्टिकोणले सदा लुकेको गापा लाई कसरी समृद्धि बनाउने मुख्य मुख्य योजना सहिद उम्मेद्बारी पेश गरेका छन् ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट आफु अब्बल उपाध्यक्ष पदको लागी उम्मेद्वार रहेको उनले दावी गरेकका छन् । उनी यतिखेर घरघर जाँउ एमाले जिताँउ अभियाँनका साथ घर दैलोमा छलफल कार्यक्रम तथा कार्यकर्ता भेटघाट अभियानमा तिब्र रुपमा खटिएका छन ।