अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं। अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो।
न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिए।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी ३ हजार ५९६ जनाको हवाई उद्धार गरिएको उनले बताए।
प्राधिरकणले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।  धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार र केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ।
त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चेसम्म चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको  छ।
प्रकाशित :२०८३ भाद्र १५, सोमबार १३:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry