भोटेकोशी बाढीः ३ जनाको शव भेटियो, ५ जनाको उद्धार

नुवाकोट। भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा ३ वटा शव भेटिएका छन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा २ वटा र कोल्पुटारमा १ जनाको शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फसेका ५ जनालाई उद्धार गरिएको छ।

उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ। बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry