प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल

विराटनगर। कोशी प्रदेशसभामा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ।

Advertisement 1

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका तर्फबाट खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी र शोभा चेम्जोङले आ–आफ्ना धारणा राखेका थिए।

Advertisement 2

प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक’ सदनमा पेस गरेकी छन्।

सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा कुनै पनि सूचना प्राप्त नभएकाले विधेयक स्वीकृत भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका थिए।

Advertisement 3

विधेयकको सम्बन्धमा मन्त्री तिम्सिनाले संविधानमा र मौलिक हकमा स्थापित अधिकारलाई सम्बन्धित ठाउँमा पु¥याउन विधेयकले मद्दत गर्ने बताए।

उनले कानुनबाट लक्षित समूह र वर्गले न्याय पाए पनि समाजमा व्यवहारिक रुपमा त्ससो हुन नसेको भन्दै विधेयकलाई त्यस्ता कार्यलाई सहजता दिने कुरामा जोड दिए।

शून्य समय

कोशी प्रदेशको आजको शून्य समयको बैठकमा प्रदेशका सभा सदस्य हिमाल कार्की, गीतादेवी रेग्मी, गयानन्द मण्डल गनगाँई, शिलादीक्षित कार्की र सुनिता गुरुङले समसामयिक विषयमा बोलेका थिए।

प्रदेशसभाको अर्को बैठक भदौ ५ गते दिउँसो १ः०० बजे बस्नेछ।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry