नेपाल एसबिआई बैंकद्वारा पोखरामा सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा सहयोग प्रदान गरेको छ।
Advertisement 1
बैंकले कास्कीमा सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की र नेपाल–भारत मैत्री पुस्तकालयलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो।
फेवातालमा उद्धार कार्यमा प्रयोग हुने उपकरणहरू सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई आवश्यक संरचना निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको छ। त्यस्तै, रक्तसञ्चार सेवाको सुदृढीकरणका लागि नेपाल रेडक्रस सोसाइटी कास्कीलाई आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइएको छ।
Advertisement 2
नेपाल–भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि पनि बैंकले सहयोग गरेको छ।
पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु र नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले उक्त सहयोग सामग्री तथा सहयोग रकम सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए।
Advertisement 3
सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल–भारत मैत्री संघ, कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठले सहयोग ग्रहण गरेका थिए।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती र अप्सरा उप्रेती, भारतीय स्टेट बैंकका महाप्रबन्धक मो. रिजवान आलम, उपमहाप्रबन्धक प्रिय रञ्जनलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सार्वजनिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ।








