वरिष्ठ शाखा अधिकृतसहित १०७ कर्मचारीको सरुवा( सूचीसहित)

सुर्खेत। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृतसहित १०७ जना कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

कार्यालयले शुक्रबार निर्णय गर्दै कर्णाली प्रदेश सरकारअन्तर्गत विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो। सरुवा हुनेमा प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृत, शाखा अधिकृतलगायत विभिन्न तहका कर्मचारी रहेका छन्।

प्रदेश सरकारअन्तर्गतका कार्यालयमा कर्मचारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सूचीः

प्रकाशित :२०८३ श्रावण ३१, आईतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry