प्रभु बैंकले ल्यायो घर र सवारी कर्जा योजना, ३ करोडसम्म ऋण

काठमाडौं। प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा र सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।

Advertisement 1

बैंकले २०८३ साउन २९ गते सार्वजनिक गरेको योजनाअनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ। यस्तो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।

घर कर्जामा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ। यो सुविधा देशभर रहेका बैंकका ३०० वटा शाखामार्फत उपलब्ध हुने बताइएको छ।

Advertisement 2

योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्।

त्यसैगरी, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सवारी साधन कर्जा योजना समेत सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइनेछ।

Advertisement 3

सवारी साधन कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको अवस्थामा दुई कार्यदिनभित्रै डेलिभरी अर्डर (DO) उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज रूपमा कर्जा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले ग्राहकलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ। घर तथा सवारी कर्जा योजना बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिनेछ।

योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। साथै बैंकको वेबसाइट तथा ग्राहक सेवा केन्द्र ०१–५९७०४८८ मा सम्पर्क गरेर पनि योजनाबारे जानकारी लिन सकिनेछ।

प्रकाशित :२०८३ श्रावण ३१, आईतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry