मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन्।
Advertisement 1
मन्त्री मेहताको कार्यकक्षमा आज अपराह्न भएको भेटमा उहाँहरूबीच महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। मन्त्री मेहताको सचिवालयका अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार,परिवार नियोजन तथा लैङ्गिक समानता सुनिश्चितता, मानसिक स्वास्थ्य सेवाबारे पनि छलफल भएको थियो।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १६:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








