दैलेख अस्पतालमा विशेषज्ञ सेवा

दैलेख। दैलेख जिल्ला अस्पतालले महिलाको उपचारमा विशेषज्ञ सेवा थप गरेको छ। गत शुक्रबारदेखि अस्पतालले पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थप गरेको हो।
साथै अस्पतालले १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखमा क्यान्सरको सुरुको चरणमा तातोले सेकेर निको पार्ने प्रविधिबाट उपचार सेवा पनि थप गरेको छ।
आजदेखि अस्पतालमा गाइनोलोजिष्ट डा जगत थापा (एमडी) को आगमनसँगै महिला स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए।
यसैबीच, स्वास्थ्य सेवा कार्यालय दैलेखको जिम्मेवारी सम्हालेपछि कार्यालयको प्रशासनिक काममा पारदर्शिता कायम गरिएको र अस्पतालभित्र फोहर व्यवस्थापनलगायत उचित प्रबन्ध मिलाइएको डा विश्वकर्माले बताए।
मर्मत गर्नुपर्ने र अद्यावधिक हुन नसकेका पुराना प्रयोगशालालाई सुधार, खानेपानीको व्यवस्थापना म्याद नाघेका औषधिको उचित व्यवस्थापन गरिएको छ। अस्पतालमा दैनिक १० जनाभन्दा बढी महिला विशेषज्ञ सेवा लिन आउने गरेका छन्।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry