विद्युत् आपूर्ति नियमित गर्न आग्रह

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिएका हुन्।

उनले भने, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ। केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ।”

प्रकाशित :२०८३ श्रावण २८, बिहीबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry