मन्त्रिपरिषद्को निर्णयः ३ प्रथम श्रेणीका कर्मचारीको सरुवा र कामकाज

काठमाडौं। नेपाल सरकार (मन्त्रिपरिषद्)ले राजपत्राङ्कित प्रथम श्रेणीका ३ जना कर्मचारीको सरुवा तथा कामकाज खटाउने निर्णय गरेको छ।

Advertisement 1

साउन २० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुक्तिराम अर्याल, महेशचन्द्र न्यौपाने र रमेश कुमार केसीको नयाँ जिम्मेवारी तोकिएको हो।

निर्णयअनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको छ।

Advertisement 2

त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत कार्यरत सहसचिव रमेश कुमार केसीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवको जिम्मेवारी दिँदै कामकाजमा खटाइएको छ।

Advertisement 3

मन्त्रिपरिषद्को निर्णयसँगै सम्बन्धित कर्मचारीले तोकिएको निकायमा हाजिर भई नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित :२०८३ श्रावण २१, बिहीबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry