कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।

Advertisement 1

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०८३ श्रावण २०, बुधबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry