पशु चौपायमा कृत्रिम गर्भाधान

चितवन। जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ। यहाँ पालिएका गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो। पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, ६ हजार ५४४ भैँसी र ३५ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो।

Advertisement 1

कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकामा पालिएका २९ हजार ९२ गाई, ३ हजार १७० भैँसी र २६ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ। यस्तै, कालिका नगरपािलकामा १ हजार ६२० गाई र २४२ भैँसी, रत्ननगर नगरपालिकामा ७ हजार ४८४ गाई र ५९९ भैँसी, खैरहनी नगरपालिकामा ११ हजार ५३५ गाई, १ हजार १२० भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ।

राप्ती नगरपालिकामा १२ हजार ५८९ गाई, ८३७ भैँसी र ९ वटा बाख्रा, माडी नगरपालिकामा १ हजार १४० गाई र ३७६ भैँसी र इच्छाकामना गाउँपालिकामा १६७ गाई र २०० वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको उनले जानकारी दिए।

Advertisement 2

कृत्रिम गर्भाधान गर्दा उन्नत जातका बाच्छाबाच्छी उत्पादन हुने, स्थानीय पशुमा दूध र मासु उत्पादन क्षमता बढ्ने, बहर पाल्नुपर्ने झन्झट र खर्च कम हुने हुँदा कृषक आकर्षित भएको उनले जानकारी दिए। प्राकृतिक साँढेबाट सर्ने यौन तथा सरुवा रोगबाट बचाउन सकिने र थोरै विर्यबाट धेरै पशुलाई प्रजनन गराउन सकिने हुँदा व्यावसायिक पशुपालन गर्ने किसानले कृत्रिम गर्भाधान गराउने गरेको उनको भनाइ छ।

प्रकाशित :२०८३ श्रावण १५, शुक्रबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry