काठमाडौंका दर्जन स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

आज काठमाडौं उपत्यकामा एक दर्जनभन्दा बढी स्थानमा बिजुली कटौती हुने भएको छ । केही स्थानमा तीन घण्टासम्म विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिरकणले जनाएको छ । प्राधिकरणको अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।
Advertisement 1
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि बिद्युत कटौती गर्नुपरेको भन्दै सूचना निकालेको छ । जोरपाटी वितरण केन्द्र अन्तर्गतका डाँची, गोठाटार, मूलपानी र साँखु फिडरहरु सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरुबाट लाइन वितरण भएका क्षेत्रहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ । यस्तै विहान ११ बजे देखि दिउसो ३ बजेसम्म ठिमि वितरण केन्द्रको बोडे, सिन्किटार प्लानिङ, टीगनी, निलबाराही, सरस्वतीखेल, सशस्त्र आर्मि व्यारेक लगायतका क्षेत्रहरुमा बुस कटिङ् तथा मर्मत कार्यको लागि बोडे खानेपानी फिडरअन्तर्गतका क्षेत्रहरूमा बिद्युत आपूर्ति बन्द रहनेछ ।