नबिल बैंकले गर्‍यो काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकासका लागि सम्झौता

नबिल बैंकले काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

Advertisement 1

पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरूले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरूमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
नबिल बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको शुरूआत गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरू गरेको छ ।

Advertisement 2

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम शुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरेको थियो । बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry