कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र ३ जनाको मृत्यु

बाँके। बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ।

Advertisement 1

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ।

Advertisement 2

कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टीटयाङ्कीमा फसेको अवस्थामा तीनै जनालाई मृतावस्थामा फेला पारिएको प्रहरीको भनाइ छ।

प्रहरीले जेसिबीको सहायताले सेफ्टीटयाङ्की फुटाए तीनै जनाको शव आज बिहान बाहिर निकालेको थियो। मृतकको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ।

प्रकाशित :२०८३ श्रावण १३, बुधबार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry