युवा, श्रम तथा रोजगार मन्त्रालय लगाएत निकायको नयाँ O&M स्वीकृत, मन्त्रालयमा ८२ दरबन्दी कायम ( प्रतिवेदन सहित)

काठमाडौं। सरकारले युवा, श्रम तथा रोजगार मन्त्रालय तथा मातहतका निकायहरूको नयाँ संगठन तथा व्यवस्थापन (O&M ) सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को २०८३ असार ३२ गते बसेको बैठकले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो।

Advertisement 1

मन्त्रिपरिषद्को निर्णयअनुसार साविकको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय औपचारिक रूपमा खारेज गरिएको छ भने नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार गठन गरिएको युवा, श्रम तथा रोजगार मन्त्रालय नयाँ संगठन संरचनाअनुसार सञ्चालन हुनेछ।

स्वीकृत O&M अनुसार मन्त्रालयमा विभिन्न सेवा र समूहका कुल ८२ दरबन्दी कायम गरिएको छ। यसअघि रहेको संरचनामा पुनर्संरचना गर्दै सचिवदेखि कार्यालय सहयोगीसम्मका पदहरू समायोजन गरिएको छ।

Advertisement 2

त्यस्तै, वैदेशिक रोजगार विभागमा ८९ दरबन्दी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा साविकका ३२ बाट २५ दरबन्दी कायम गरिएको छ भने वैदेशिक रोजगार बोर्डको सचिवालयका लागि २२ दरबन्दी स्वीकृत भएको छ। यस्तै, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रमा १६ दरबन्दी कायम गरिएको छ।

सरकारले श्रम प्रशासनलाई प्रदेशस्तरसम्म प्रभावकारी बनाउन देशभरका श्रम तथा रोजगार कार्यालयहरूको नयाँ संगठन संरचना समेत स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीअनुसार श्रम तथा रोजगार कार्यालय काठमाडौंमा सबैभन्दा बढी १४ दरबन्दी कायम गरिएको छ।

Advertisement 3

त्यसैगरी श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा र बुटवलमा १२–१२ दरबन्दी स्वीकृत गरिएको छ। झापा, वीरगञ्ज, हेटौंडा, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा ९–९ दरबन्दी कायम गरिएको छ।

नयाँ इ७ः स्वीकृतिसँगै मन्त्रालय मातहतका विभाग, बोर्ड, केन्द्र तथा श्रम तथा रोजगार कार्यालयहरूको संगठन संरचना एकरूप बनाइएको छ। सरकारले सेवा प्रवाहलाई प्रभावकारी, जनशक्ति व्यवस्थापनलाई व्यवस्थित तथा श्रम प्रशासनलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ संरचना लागू गरेको जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि स्वीकृत दरबन्दीअनुसार पद दर्ता, कर्मचारी व्यवस्थापन तथा संगठन कार्यान्वयनका आवश्यक प्रक्रिया सम्बन्धित मन्त्रालयले अघि बढाउने भएको छ

MoYLE O&M_2083
प्रकाशित :२०८३ श्रावण १२, मंगलवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry