अनलाइन द्वारा २८ कर्मचारीको सरुवा, ९ उपसचिवदेखि नायब सुब्बासम्मको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा गरेका निर्णयमार्फत ९ जना उपसचिवसहित २८ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले हालै सार्वजनिक गरेको एकीकृत विवरणअनुसार साउन ११ गतेदेखि साउन २३ गतेसम्म भएका निर्णयबाट विभिन्न तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

Advertisement 1

सरुवा हुनेमा उपसचिव ९ जना, शाखा अधिकृत १४ जना, कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत ३ जना तथा नायब सुब्बा तहका २ जना कर्मचारी रहेका छन्। उनीहरूलाई मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विभिन्न मन्त्रालयमा सरुवा गरिएको छ।

मन्त्रालयले प्रशासनिक आवश्यकता, रिक्त पदपूर्ति, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले सरुवा गरिएको जनाएको छ। केही कर्मचारीलाई स्थानीय तहबाट मन्त्रालय तथा अन्य केन्द्रीय निकायमा ल्याइएको छ भने केहीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाइएको छ।

Advertisement 2

सार्वजनिक गरिएको विवरणअनुसार साउन ११ गते २ जना, साउन १७ गते ६ जना, साउन १८ गते ४ जना, साउन १९ गते ८ जना, साउन २० गते ३ जना, साउन २२ गते २ जना र साउन २३ गते ३ जना कर्मचारीको सरुवा गरिएको छ।

सरुवा सूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको देखिएको छ।

Notices-20260727180243532
प्रकाशित :२०८३ श्रावण १२, मंगलवार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry