सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु १ हजार ६०० र चाँदी रु ६० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ४१० निर्धारण भएको छ।
गत शुक्रबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ३५० निर्धारण भएको थियो। गत बिहीबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३०० र चाँदी रु ४ हजार ५०५ मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण १०, आईतवार ११:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








