झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

भद्रपुर। जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।

Advertisement 1

पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन्।

Advertisement 2

उक्त अवधिमा चैते धान ८९ हजार ६५५.३०, वर्षे धान ३ लाख ७७ हजार ५३४.३५, मकै २ लाख ८३ हजार १८७.८८, कोदो ८६९.४७, फापर ३ हजार ७५८.७०, गहुँ ६ हजार ४१९ र जौ ८.१० मेट्रिक टन उत्पादन भएको थियो।

आव २०८२/८३ मा १ लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। अघिल्लो आव २०८१/८२ मा १ लाख ४५ हजार ३२६.०६ हेक्टरमा खेती गरी ८ लाख ५२ हजार २०८.२५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो।

Advertisement 3

१ वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ।

प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry