प्रहरी इन्स्पेक्टरको भर्नामा ८ सिट थप, अब २९ जनाको भर्ती हुने

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले खुला प्रतियोगितामार्फत पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या बढाएको छ। अब इन्स्पेक्टर पदमा कुल २९ जनाको भर्ना गरिने भएको छ।
Advertisement 1
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार सूचना जारी गर्दै २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा नयाँ सिट थप गरिएको जनाएको हो।
सूचनाअनुसार सम्मानित सर्वोच्च अदालतको परमादेश बमोजिम आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहमा समावेश हुन नसकी गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप थप सिट कायम गरिएको हो।
Advertisement 2
नयाँ व्यवस्थाअनुसार २९ पदमध्ये १६ पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ भने बाँकी पद समावेशी समूहअन्तर्गत प्रचलित कानुनबमोजिम पदपूर्ति गरिने नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले संशोधित माग संख्याअनुसार भर्ना प्रक्रिया अगाडि बढाइने र समावेशी व्यवस्थालाई कानुनअनुसार कार्यान्वयन गरिने स्पष्ट पारेको छ।
Advertisement 3









