सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ५०५ निर्धारण भएको छ।

हिजो एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ४८० निर्धारण भएको थियो।

Advertisement 2

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३७० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ श्रावण ७, बिहीबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry