दरबन्दी बढी भएका कार्यालयका कर्मचारी प्रदेश–स्थानीय तहमा खटाइने

काठमाडौं। संघीय निजामती प्रशासनमा आवश्यकताभन्दा बढी दरबन्दी भएर फाजिलमा पर्ने कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी सरकारले अघि बढाएको छ। संघीय तहमा कर्मचारी व्यवस्थापनलाई सन्तुलित बनाउन तथा जनशक्तिको प्रभावकारी परिचालन गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

Advertisement 1

प्रस्तावित व्यवस्थाअनुसार कुनै कार्यालय वा निकायमा आवश्यकताभन्दा बढी कर्मचारी भएमा उनीहरूलाई लामो समय फाजिलमा नराखी कर्मचारी अभाव रहेका प्रदेश तथा स्थानीय तहमा समायोजन वा खटाउने व्यवस्था गरिनेछ।

सरकारको उद्देश्य संघीय तहमा कर्मचारीको चाप घटाउँदै प्रदेश र स्थानीय तहमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्नु रहेको बताइएको छ। यसबाट दरबन्दी व्यवस्थापन थप व्यवस्थित हुने, सेवा प्रवाह प्रभावकारी बन्ने र कर्मचारीको दक्षताको उचित उपयोग हुने अपेक्षा गरिएको छ।

Advertisement 2

संघीय निजामती सेवासम्बन्धी सुधारका विभिन्न प्रस्तावमध्ये यो व्यवस्था पनि समेटिएको छ। कार्यान्वयनमा आएपछि एउटै कार्यालयमा आवश्यकता भन्दा बढी कर्मचारी थुप्रिने अवस्था अन्त्य हुने र आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने आधार तयार हुने सरकारको विश्वास छ।

प्रकाशित :२०८३ श्रावण ६, बुधबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry