लुम्बिनी विकास बैंकको नेतृत्व सुमन आचार्यलाई, प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार आचार्यले साउन १० गते शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
Advertisement 1
बैंकले जारी गरेको विज्ञप्तिअनुसार आचार्यसँग बैंकिङ, व्यापार विकास तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। उनले विभिन्न वाणिज्य बैंकहरूमा उच्च व्यवस्थापकीय तथा कार्यकारी भूमिकामा रहेर काम गरिसकेका छन्।
बैंकका अनुसार आचार्यको नेतृत्वले संस्थागत क्षमता अभिवृद्धि, रणनीतिक विकास, सुशासनको सुदृढीकरण तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, बैंकको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन उनको अनुभव उपयोगी हुने विश्वास बैंकले व्यक्त गरेको छ।
Advertisement 2
पदभार ग्रहणपछि नवनियुक्त सीईओ आचार्यले बैंकको दीर्घकालीन रणनीतिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने बताएका छन्। उनले ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने, कर्मचारीको मनोबल र कार्यक्षमता अभिवृद्धि गर्ने तथा लगानीकर्ता, निक्षेपकर्ता र अन्य सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले बदलिँदो वित्तीय तथा डिजिटल बैंकिङ वातावरणअनुसार सेवा विस्तार, सुशासनमा आधारित व्यवस्थापन र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर बैंकलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसमेत व्यक्त गरेका छन्।
Advertisement 3
बैंकले नवनियुक्त सीईओ आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा उत्कृष्ट वित्तीय सेवा प्रवाह, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।








