सोह्रखुट्टे वृत्तका लागि तीन डिएसपीको दौड

 

Advertisement 1

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीमा परेका छन् ।ठमेलका होटेल तथा रेष्टुरेष्ट व्यवसायीसँग रकम असुल गरेको आरोप लागेपछि उनीमाथि एक्सन लिइएको हो।

‘कारबाही गरेर परिसरमा तानिएको छ। थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने। डीएसपी खड्काबिरुद्ध पटकपटक अनियमिता गरेको उजुरी पर्दै आएको थियो। एसएसपी सिंहले पनि यसअघि खड्कालाई बोलाएर सम्झाएका थिए। उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धानपछि नसिहत सहित कारबाही गरेको हो। यता, खड्का तानिएपछि उक्त वृत्त इञ्चार्जका लागि तीन जना डिएसपीको दौड सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भिटो प्रयोग गर्दै डिएसपी मिलन केसी इञ्चार्जका लागि अभ्यास गरिरहेका छन्।

Advertisement 2

केसीले पारिवारिक दबाबका आधारमा शक्तिको प्रयोग गरिरहेको बताइन्छ। उनका सालोको बिहे राष्ट्रपति भण्डारीकी छोरीसँग भएको छ। सोही सम्बन्ध मार्फत इञ्चार्जका लागि उनी सक्रिय रहेका छन्। उनी यसअघि पनि विभिन्न आकर्षक मानिने जिल्लाका इञ्चार्ज र वृत्तका प्रमुखका रुपमा काम गरेका थिए। तर कमलपोखरीको प्रमुख हुँदा ५० हजार घुस माग गरेको प्रकरणमा विवादमा तानिएका थिए। उता, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको भिटो प्रयोग गर्दै डिएसपी केशव भट्टराई पनि सोह्रखुट्टे इञ्चार्जको ताकमा छन्। बालुवाटारबाट दबाब दिँदै उक्त स्थानमा जाने दौडमा भट्टराई रहेका छन्।

तर प्रहरी प्रधान कार्यालय भने कार्य सम्पादनलगायतको अब्बलता देखाएका र ब्याचका नै उत्कृष्ट डिएसपी हरि खतिवडालाई त्यहाँको जिम्मेवारी दिनुपर्ने अडानमा छ। खतिवडा अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत छन्। उनको कार्य क्षमताको प्रधान कार्यालयले प्रशंशा गरेको बताइन्छ।

Advertisement 3

 

 

प्रकाशित :२०७८ जेष्ठ २५, मंगलवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry