सामान्य प्रशासन मन्त्रालयद्वारा ६ उपसचिव सहित ३९ कर्मचारीको सरुवा

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयको २०८३ असार २६ गतेको निर्णयअनुसार उपसचिवदेखि खरिदार तहसम्मका कर्मचारीहरूको सरुवा गरिएको हो। सार्वजनिक गरिएको सूचीमा ६ जना उपसचिव, ४ जना शाखा अधिकृत, २२ जना नायब सुब्बा (नासु) र ७ जना खरिदार तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ।

सरुवा सूचीअनुसार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत अर्जुन निरौलालाई राष्ट्रिय किताबखानामा सरुवा गरिएको छ भने भुवनेश्वर लामिछानेलाई गृह मन्त्रालय पठाइएको छ। त्यस्तै, अतिरिक्त समूहमा रहेकी जयकला राईलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Advertisement 2

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ)हरूको समेत जिम्मेवारी परिवर्तन गरिएको छ। गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई मौलापुर नगरपालिकामा सरुवा गरिएको छ भने भोजपुर नगरपालिकाबाट नाथु साहलाई गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। मौलापुर नगरपालिका, रौतहटमा कार्यरत सुरेशबाबु घिमिरेलाई जिल्ला समन्वय समिति, दैलेखमा सरुवा गरिएको छ।

यसैगरी, अन्य उपसचिव, शाखा अधिकृत, नासु तथा खरिदार तहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरकारी निकायमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रशासनिक जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित सरुवा गरिएको हो।

Notices-20260710203046809
प्रकाशित :२०८३ असार २८, आईतवार १०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry