असारमै ९ चरणमा १०२ कर्मचारी सरुवा, आज मात्रै १५ कर्मचारीको जिम्मेवारी हेरफेर (सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार महिनाभर खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारीको सरुवालाई तीव्रता दिएको छ। मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको असार महिनामा हालसम्म नौ चरणमा १०२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको छ।
Advertisement 1
पछिल्लो निर्णयअनुसार आज मात्रै पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत १५ जना कर्मचारीलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा तथा कामकाजमा खटाइएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्दै आएको जनाएको छ।
Advertisement 2
असार महिनामा मात्रै पटक–पटक गरिएको सरुवाले कर्मचारी प्रशासनमा व्यापक चलायमान अवस्था देखिएको छ। मन्त्रालयले आवश्यकता र कार्यबोझका आधारमा विभिन्न मन्त्रालय तथा निकायबीच जनशक्ति व्यवस्थापनलाई निरन्तरता दिएको छ।
सुचि:
Notices-20260709175950128







