अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौँ, २३ असारः अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक सिंहदरबारमा मङ्गलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन भ्रमणका उपलब्धिसहित समसामयिक कूटनीतिक विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका छन्।

Advertisement 1

सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री खनालले छिमेकी मुलुक भारत र चीनको हालैको भ्रमण, त्यसक्रममा भएका द्विपक्षीय छलफल, प्राप्त उपलब्धि तथा नेपालको परराष्ट्र नीतिका समसामयिक पक्षबारे समितिका सदस्यहरूलाई जानकारी गराएका हुन्।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिवसहित मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Advertisement 2

समितिले बैठकमा संवेदनशील कूटनीतिक विषयमा छलफल हुने जनाउँदै सञ्चारकर्मीलाई प्रवेश अनुमति दिएन। सोही कारण बैठक बन्द सत्र ९क्लोज्ड डोर० मा सञ्चालन गरिएको थियो।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समय–समयमा सरकारको परराष्ट्र नीति, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गर्दै आएको छ।

प्रकाशित :२०८३ असार २३, मंगलवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry