‘मेरो कुरा सुन्दैनन्’ : रुपा विक

दाङ। “मेरो कुरा सुन्दैनन्,” तुलसीपुर–४ निवासी रुपा विकले भनीन्। विक सुस्तश्रवणका छिन्। उनले गाडीबाट झर्नुअघिको पीडा सुनाउँदै भनीन्, “बसका कर्मचारीले समेत बेवास्ता गर्छन्।”

Advertisement 1

उनले बसका कर्मचारीले भनेकै स्थानमा गाडी नरोक्दा धेरै दुःख पाएको उदाहरण दिइन्। दृष्टिविहीन, तुलसीपुर–७ निवासी रामबहादुर खड्काले पनि गुनासो गरे। उनले गाडीमा सवार हुँदा भाडामा छुटका लागि बसका कर्मचारीले आलटाल गर्ने गरेको सुनाउँछन्। “दृष्टिविहीनलाई सरकारले गाडी भाडमा छुटको व्यवस्था गरेको छ,” उनले भने।

त्यसैगरी, तुलसीपुर–९ बेलुवा निवासी छवि भण्डारीले कार्यालयमा ह्विल चियर जाने ठाउँ नहुँदा कार्यालयको पहुँचमा पुग्न कठिनाइ परेको बताए। कार्यालय प्रमुख तथा जनप्रतिनिधि कार्यालयको माथिल्लो तलामा बस्ने गरेकाले अपाङ्गता भएका व्यक्तिलाई कठिन हुने गरेकाले सरकारी सेवासुविधा लिन कठिन हुने गरेको उनले गुनासो गरे।

प्रकाशित :२०८३ जेष्ठ २५, सोमबार १४:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry