छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताएका छन्।

Advertisement 1

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पु–याउने भएकाले कुनै पनि बाहानामा त्यसो गर्न नपाइने बताएका छन्।

सन्देशमा नेता आङदेम्बेले विभेदको अन्त्य केवल कानुनको कार्यान्वयनबाट मात्र सम्भव नहुने उल्लेख गर्र्दै त्यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेकामा जोड दिएका छन्।

प्रकाशित :२०८३ जेष्ठ २१, बिहीबार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry