बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु ५ हजार ६०० र चाँदी रु १७५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ४० कायम भएको छ। हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ८६५ कायम भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ८० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry