१० महिनामा ८८ अर्ब बराबरको निर्यात

पर्सा। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।
Advertisement 1
गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिए।
चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु ५ अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा रु ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ।
Advertisement 2
यसैगरी, रु ३ अर्ब ३ करोडका कपडा तथा रु २ अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ।
प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








