आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा रु ४ हजार ५०० र चाँदी रु ३३० ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ६० कायम भएको छ।
गत शुक्रबार १ तोला छापावाल सुन रु २ लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ३९० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ जेष्ठ ३, आईतवार १४:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












