पाँचथरका ६ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर। हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा जिल्लाका ६ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ।
Advertisement 1
१ संस्थागत र ५ सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ २ हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ हजार ३४ जना ‘ग्रेडेड’ भएका छन्। जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो। यस्तै प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन्। जिल्लामा २ जना विद्यार्थी ४ जिपीएसहित ग्रेडेड भएका छन्।
प्रकाशित :२०८३ बैशाख ३१, बिहीबार १४:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












