सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं। गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा रु १ हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ३०० कायम भएको छ। गत शुक्रबार १ तोला छापावाल सुन रु २ लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ बैशाख २७, आईतवार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry