भोजपुरको ईर्खुवा खोलामा बाढी : ३ जना बेपत्ता, विद्युत् आयोजनामा क्षति

काठमाडौं। भोजपुरको ईर्खुवा खेलामा गएराति आएको बाढीमा परेर ३ जना बेपत्ता भएका छन्। साथै जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।

Advertisement 1

आरती पावर कम्पनीले निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनाको काममा खटिएका श्याम चैधरी र रमेश चौधरीका साथै एक जना स्थानीय महिला पनि बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ।

रामकुमार चैधरीलाई आयोजनास्थलबाट करिब १ किलोमिटर तल घाइते अवस्था पाएको प्रहरीको भनाइ छ। बढीले आयोजनाको निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको करिब ५ सय मिटर पाईप समेत बगाएको छ।

प्रकाशित :२०८१ श्रावण १६, बुधबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry