संघीय निजामती सेवा विधेयकको मस्यौदामा सुझाव दिन आह्वान

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवाला निकाय, कर्मचारी र सर्वसाधारणलाई आह्वान गरेको छ।

Advertisement 1

मन्त्रालयका अनुसार संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यले तयार पारिएको उक्त मस्यौदा २०८२ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो। मस्यौदा सार्वजनिक भएपछि हालसम्म ३ हजार ५ सयभन्दा बढी सुझाव तथा प्रतिक्रियाहरु प्राप्त भइसकेका छन्।

मन्त्रालयले प्राप्त सुझावका अतिरिक्त सामाजिक सञ्जालमार्फत आएका प्रतिक्रियाहरु समेत संकलन र विश्लेषण गरिरहेको जनाएको छ। विधेयकलाई थप प्रभावकारी बनाउन सुझावहरुलाई व्यवस्थित रुपमा अध्ययन गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ।

Advertisement 2

मन्त्रालयका अनुसार सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक भएकाले यसमा सुधारका थुप्रै सम्भावनाहरु रहेका छन्। अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावहरुलाई उपयोगिता र औचित्यका आधारमा समावेश गरिने बताइएको छ।

मन्त्रालयले यसअघि उपलब्ध गराइएको सुझाव लिङ्कका साथै इमेल ([email protected] ) र व्हाट्सएप नम्बर ९८५१०३३३३२, ९८५११४५४५४ र ९८५११३९८७७ मार्फत पनि सुझाव पठाउन सकिने जनाएको छ।

प्रकाशित :२०८३ बैशाख १४, सोमबार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry