नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट रु ४ करोड बढीको क्षति भएको छ। आगलागी मङ्गलबार दिउँसो भएको हो।
Advertisement 1
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा रहेका जिन्सी र नगदसहित रु ४ करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन्। प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको राससलाई बताएका छन्।
प्रकाशित :२०८३ बैशाख ९, बुधबार ११:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















