लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।

Advertisement 1

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित १, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित २ , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र सामुदायिक वनबाट १ हजार ६१० वटा सोही ट्याब्लेटसहित २, हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित १ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित २, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित १, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट १, विराटनगर महानगरपालिका–१५ २ नम्बर ढाटबाट १ र कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको छ।
–––

प्रकाशित :२०८३ बैशाख ३, बिहीबार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry