मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ।

Advertisement 1

उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको सो पालिकाले जनाएको छ। साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये छवटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको सो पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिए।

सो कार्यका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरीएको काफ्लेले बताए।

Advertisement 2

साथै पालिकाअन्तर्गतका विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको उहाँले भन्नुभयो। शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छवटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न–लेखन सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने काफ्लेको भनाइ छ।
–––

प्रकाशित :२०८२ चैत्र २५, बुधबार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry