श्रमिकलाई न्यूनतम पारिश्रमिक दिन सरकारको निर्देशन

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले तालिमका रूपमा काम गराइएका श्रमिकलाई अनिवार्य रूपमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन रोजगारदातालाई निर्देशन दिएको छ।

Advertisement 1

मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा श्रम ऐन २०७४ अनुसार तालिममा राखिएका व्यक्तिलाई कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपचार, सुरक्षा तथा बीमा लगायतका सुविधा दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराइएको छ।

‘पछिल्लो समय विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारी लगायतबाट तोकिएको पारिश्रमिक र सुविधा नपाएको गुनासो मन्त्रालयमा बढ्दै गएको छ। यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानूनअनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।‘

Advertisement 2

साथै, कानुनविपरीत श्रमिकलाई सुविधा नदिएको पाइएमा सम्बन्धित निकायमाथि कानुनी कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ। मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई कानुनको स्वतः पालना गर्न अपिल गरेको छ।

प्रकाशित :२०८२ चैत्र २४, मंगलवार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry