३३ प्रतिशतले बढ्यो सामाजिक सुरक्षा भत्ता

सरकारले यसैवर्षदेखि सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि गरेको छ ।

ओली सरकारले चुनाव केन्द्रित हुँदै जेष्ठ नागरिकहरुलाई दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ। सामाजिक सुरक्षाको स्किम चलाउन सरकारले एक खर्ब बजेट छुट्याएको छ। सरकारले दिँदै आएको वृद्ध भत्ता र अन्य सामाजिक सुरक्षाका भत्ता पनि ३३ प्रतिशतले बढाएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

आर्थिक बर्ष २०५१ ५२ मा नेकपा एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १०० रुपैयाँका दरले बृद्धभत्ता दिन सुरु गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:१९

प्रतिक्रिया दिनुहोस्