सुन तोलामा १२ हजार ५ सयले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु ७ हजार १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५४० कायम भएको छ।

गत शुक्रबार १ तोला छापावाल सुन रु २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ८९५ कायम भएको थियो। अघिल्लो दिन प्रतितोला सुन रु ३ लाख २ हजार ३०० र प्रतितोला चाँदी रु ५ हजार १० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ चैत्र ८, आईतवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry