११ महिनामा ६ हजार विपद्का घटना

काठमाडौं। गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल ६ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ। विपद्का कारण ३८ जना बेपत्ता हुँदा १ हजार ८१४ घाइते भएका छन्।

Advertisement 1

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ। प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।

सो अवधिमा बाढीका ३ सय १८, पहिरो ५ सय ९०, भारी वर्षा ४ सय २९, चट्याङ ३ सय ६७, सर्पदंश ५ सय ९२, डढेलो २ सय ४६ वटा घटना भएका छन्। त्यस्तै, हावाहुरीका २ सय ९२, जनावर आक्रमण ४ सय ८८, लेक लागेका १ सय १९ घटना भए। हिमपहिरोका ५, भूकम्प ७, डुङ्गा पल्टेर २ वटा घटना घटेका छन्। त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ।

प्रकाशित :२०८२ चैत्र १, आईतवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry