एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
Advertisement 1
मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो। पितालाई श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका थिए।
अस्पताल प्राङ्गणमा नेकपा (एमाले) का सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिएका थिए। अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनका अनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो। विगत छ महिनादेखि उनको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो।
Advertisement 2
दिवङ्गत मोहनप्रसादको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने एमाले सचिव बस्नेतले जानकारी दिए। ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित ३ छोरी छन्।














