भोजपुरमा श्रम संस्कृतिका राई अगाडि

भोजपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणमाअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त गरी अग्रता लिएका छन्।
Advertisement 1
यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले १२ हजार ३२२ मत प्राप्त गरी श्रमसंस्कृतिका उम्मेदवारलाई पछ्याउँदै छन् भने ८ हजार २०९ मत प्राप्त गरी नेपाली कांग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिएका छन्।
सो निर्वाचन क्षेत्रमा कूल १ लाख २५ हजार ७६६ मतदाता भएकामा ५८ हजार १६७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका जम्मा १२ जना प्रत्यासी छन्।
प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार १२:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













