‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गरेकी छन्।

Advertisement 1

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गरेकी हुन्।

आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित :२०८२ फाल्गुन १७, आईतवार १४:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry