आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१ आपगाछीमा रु ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन्। मन्दिरको १ कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरे।
Advertisement 1
भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले ५ कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताए। चन्द्रप्रसादका देशभर छरिएर रहेका ७ भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी ४ वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन्।
शिव मन्दिर निर्माणपछि पूजाआर्चनाका लागि खुला गरिएको छ। यहाँ दैनिक रूपमा भक्तजन पूजाआज गर्न आउने गरेका छन्।
प्रकाशित :२०८२ फाल्गुन १७, आईतवार ११:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













